Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार अत्यावश्यक कामका लागि मात्रै सवारी सञ्चालन गर्न काठमाडौं ट्राफिकको अनुरोध

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १५ : ०२ मा प्रकाशित

बिहीबार अत्यावश्यक कामका लागि मात्रै सवारी सञ्चालन गर्न काठमाडौं ट्राफिकको अनुरोध

मङ्सिर ७ गते हुने भनिएको दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शन कार्यक्रम र युवा संघको विरोध प्रदर्शन कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौं ट्राफिकले अत्यावश्यक कामका लागि मात्रै सवारी सञ्चालन गर्न अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै विभिन्न समूहको र्याली जुलुसका कारण सवारी आवागमनमा असहजता पुग्नसक्ने हुँदा सडकको अवस्थाको जानकारी लिएर अत्यावश्यक अवस्थामा मात्रै सवारी निकाल्न ट्राफिकले अनुरोध गरेको हो । ट्राफिक प्रहरीले आवश्यकता अनुसार जुनसुकै स्थानबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

बिहीबार बल्खु क्षेत्रमा दुर्गा प्रसाईंको नेतृत्वमा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ भने तीनकुनेमा युवा संघले कार्यक्रम राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको