Like us!
Follow us!
Connect us!
Watch us!

ओपन एआईका सिईओको बर्खास्ती अघि मानव सभ्यतालाई नै चुनौती दिने खतरनाक एआई ब्रेकथ्रु भएको खुलासा

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १६ : १२ मा प्रकाशित

ओपन एआईका सिईओको बर्खास्ती अघि मानव सभ्यतालाई नै चुनौती दिने खतरनाक एआई ब्रेकथ्रु भएको खुलासा

ओपन एआईका सिईओको बर्खास्ती अघि मानव सभ्यतालाई नै चुनौती दिने खतरनाक एआई ब्रेकथ्रु भएको भन्दै कम्पनीका खोजकर्ताले सञ्चालक समितिलाई पत्र लेखेको खुलेको छ ।

ओपन एआईको सञ्चालक बोर्डले गत मङ्सिर २ गते अल्टम्यानलाई बर्खास्त गरेको थियो । बर्खास्तीको कारण बारे खासै ठोस कारण सार्वजनिक नभए पनि बोर्ड सदस्यसँग समन्वय नगरेको भन्दै उनलाई हटाइएको समाचारहरु प्रकाशित भएका थिए । तर पछिल्लो खुलासा अनुसार कम्पनीका केही खोजकर्ताले बोर्डका सदस्यलाई एआई एल्गोरिदम र खतरनाक आविष्कारका बारेमा पत्र लेखेको भेटिएको हो ।

उक्त शक्तिशाली एआई एल्गोरिदमलाई व्यवसायिक प्रयोजनका लागि प्रयोगमा ल्याउने वा नल्याउने बारे उठेको बहसलाई अहिले अल्टम्यान बर्खास्तीको एक प्रमुख कारण रहेको ठम्याइएको छ । क्यु स्टार नाम दिइएको उक्त स्वायत्त प्रणालीसँग मानव भन्दा पनि प्रभावकारी रुपमा गणितीय समस्याहरु समाधान गर्ने क्षमता रहेको जनाइएको छ ।

बर्खास्तीपछि ओपनएआई छाडेर माइक्रोसफ्ट जान लागेका अल्टम्यानलाई कर्मचारी संयन्त्र लगायतको व्यापक दबाबपछि पुन ओपनएआईको सिइओ मै फिर्ता बोलाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको