Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, केबल १७ हजारले पाए सेयर

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, ०९ : ५० मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, केबल १७ हजारले पाए सेयर

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सम्पन्न गरेको छ ।

बाँडफाँड मार्फत १७ हजार ८ सय ४५ जनाले सेयर पाएका छन् ।जस मध्य १ जनाले ११ कित्ता , एक जनाले १०.१८ कित्ता र बाँकिले १० कित्ताको दरले सेयर प्राप्त गरेका हुन्। 

यस लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर एफपिओ जारी गरेकोमा कूल एक करोड २४ लाख ४३ हजार ६ सय ६० कित्ता सेयरका लागि आवेदन परेको थियो । ११ लाख २२ हजार ९ सय ११ जना आवेदकहरुले उक्त संख्याको सेयरका लागि आवेदन दिएका हुन् । २५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर बाँडफाँड गरिएको छ । 

एक सय रुपैयाँ अंकित मूल्यमा लघुवित्तले एफपिओ मार्फत १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ रकम उठाउने छ । एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ । 

नतिजा केहि समय पछि प्रकाशन हुने क्यापिटलले जनाएको छ।  नतिजा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट  www.siddharthacapital.com सिडीएससीको मेरो सेयरको  वेबसाइट र  सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np बाट  हेर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको