Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्षको सबैभन्दा ठूलो आइपीओमा लगानीको अवसर, मध्यभोटेकोशीको ३ अर्बको साधारण सेयर आउँदै

शुक्रबार, २४ कार्तिक २०७४, १३ : ५६ मा प्रकाशित

यस वर्षको सबैभन्दा ठूलो आइपीओमा लगानीको अवसर, मध्यभोटेकोशीको ३ अर्बको साधारण सेयर आउँदै

अर्थ संसार, काठमाडौं – सरकारी स्वामित्वको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले रु तीन अर्ब बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

साधारण सेयर जारी गर्नका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।यसअघि जलविद्युत लगानी तथा विकास कम्पनीले रु २ अर्ब बराबरको साधारण सेयर निष्काशन गरेको थियो ।

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संस्थापक बाहेकको ४९ प्रतिशतले हुने रु २ अर्ब ९४ करोड बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ ।

कम्पनीले सेयर निस्काशनका लागि प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल,सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र लक्ष्मी क्यापिटललाई सह निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले उल्लेखित सेयरहरु तीन चरणमा जारी गर्ने जनाएको छ ।

जस अनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल रु एक अर्व १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्नेछ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासीन्दाका लागि  रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि रु ९० करोड बराबरको ९० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

तपाईले लगानी गर्नुभएको कम्पनीको साधारणसभा कहिले ? हेर्नुहोस, २१ कम्पनीको साधारणसभा र विशेष प्रस्तावहरु

आइपिओमा लगानी थप सहज बन्दै, यस्तो आयो नयाँ निर्देशिका

बैंक अफ काठमाडौंको सेयर किन्दा फाइदा कि नोक्सान ? हेुर्नहोस्, एक विश्लेषण

महुली सामुदायिक लद्युवित्त वित्तिय संस्थाले ६० प्रतिशत लाभांश दिने, २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको