Like us!
Follow us!
Connect us!
Watch us!

गोसाईकुण्ड जाने पर्यटकसँग बढी शुल्क असुल्ने होटलहरुलाई जरिवाना

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १७ : ४९ मा प्रकाशित

गोसाईकुण्ड जाने पर्यटकसँग बढी शुल्क असुल्ने होटलहरुलाई जरिवाना

धार्मिक एवम् पर्यटकीयस्थल गोसाईकुण्ड जाने पर्यटकसँग बढी शुल्क असुल्ने होटलहरुलाई रसुवा प्रशासनले जरिवाना तिराएको छ ।

भ्रमणमा आएका आन्तरिक, वाह्य पर्यटक तथा तीर्थयात्रुहरूले पदमार्गमा रहेको होटलले बील बिजक जारी नगरी बढी रकम लिने गरेकोलगायतका गुनासो गरेपछि प्रशासनले अनुगमन गरेको थियो । मंसिर ५ गतेदेखि ७ गतेसम्म सहायक प्रमुख जिल्ला अधिकारी, लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा अनुगमन भएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी प्रतिनिधिहरूलगायत सम्बन्धित सरोकारवालाको सहभागितामा धुञ्चेदेखि गोसाईकुण्ड पदमार्गमा रहेका ११ वटा होटलहरूको अनुगमन निरीक्षण भएको थियो ।

निरीक्षणको क्रममा बील बिजक नराखी कारोबार गरेको पाएपछि गोसाईकुण्ड नमस्ते होटल, माया होटल, टिबेट होटल, होटल लाङटाङ, लिरुङभ्यू होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जनही २० हजार जरिवाना गरिएको हो । यसैगरी केहि होटलहरूबाट म्याद गुज्रेका पेय पदार्थहरू जफत गरी नष्ट गरिएको पनि प्रशासन कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको