Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १३ : ४९ मा प्रकाशित

एनआइसी एसिया लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

एनआइसी एसिया लघुवित्तले कम्पनीको वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

मङ्सिर ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुस ६ गते सुनसरीको चतरा लाइनस्थित गोर्ख होटलमा बस्ने गरि छैटौं साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । यसैगरी आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि साधारणसभा मार्फत स्वीकृत गरिने जनाइएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर २५ देखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । अर्थात मङ्सिर २४ गते सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको