Like us!
Follow us!
Connect us!
Watch us!

लोकप्रिय वेब सिरिज सानो संसारको 'भाग ३' युट्युबमा रिलिज

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १५ : ३१ मा प्रकाशित

लोकप्रिय वेब सिरिज सानो संसारको 'भाग ३' युट्युबमा रिलिज

नयाँ नेपाली वेब सिरिज 'सानो संसार' कात्तिक २४ गतदेखि 'टुनामुना प्रोड्क्सन' को युटुब च्यानलबाट प्रसारण भईरहेको छ। सिद्धार्थ पुडासैनीको निर्देशन रहेको यस सिरिजको तेस्रो भाग शुक्रबार बेलुकी ६ बजे प्रसारित भइसकेको छ ।

'सानो संसार’ एउटा मध्यम वर्गीय परिवारमा आउने दैनिक उतारचढाव, सुख, दुख र तितामीठा कथाहरुको संगालो हो। सरिस्मा खत्रीको संबाद र सिद्धार्थ पुडासैनीको कथा रहेको उक्त सिरिजमा कुल ७ वटा भाग रहेका छन् । रिलिज भईसकेका अघिल्ला दुइ भागले दर्शकको अपार माया र सकारात्मक साथ पाईरहेको छ । सानो संसारको कथा, पटकथा र संबादको साथै छायांकन, रंग,अभिनय र निर्देशनको पनि दर्शकहरुबाट खुलेर प्रशंसा भईरहेको छ।

यस सिरिजले आफ्नै कथा, व्यथा, घरपरिवार र बाल्यकालसंगको सम्झना ताजा गरिदिएको जिकिर दर्शकले गरेका छन् । निर्देशक पुडासैनी भन्छन : 'हामीले यस सिरिजमा सोचेको भन्दा धेरै माया र साथ पाईरहेका छौ । यस अषिम प्रेमले हामीलाई दर्शकका लागि यो भन्दा राम्रो काम गर्न हौसला
मिलेको छ ।'

सानो संसारलाई राजीव पण्डितले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक पुडासैनीकै रहेको छ। सानो संसारमा कलाकारहरुमा अनु दाहाल, राज पंगेनी शर्मा, सीता देवी तिमल्सिना, अन्जाषा रिजाल, सरिता भण्डारी, अर्जुन आचार्य, आयुष श्रेष्ठ आदिले अभिनय गरेका छन् । सानो संसार हरेक शुक्रबार बेलुकी ६ बजे 'टुनामुना प्रोड्क्सन' को युटुब च्यानलबाट प्रसारण भईरहेको छ ।

65646782c0a91.jpg 656467869ce5b.jpg 6564678b68b3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको