Like us!
Follow us!
Connect us!
Watch us!

पार्टी प्यालेसः आर्थिक मन्दीले धन्दा चौपट, हुन सक्छ बन्द !

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, ०८ : २९ मा प्रकाशित

पार्टी प्यालेसः आर्थिक मन्दीले धन्दा चौपट, हुन सक्छ बन्द !

विश्वव्यापी कोरोना महामारीले थलिएको व्यापार–व्यवसाय हाल आर्थिक मन्दीको चपेटामा परेको छ । आर्थिक मन्दीका कारण हरेक व्यवसाय चौपट भइरहेको अवस्था छ । अहिले मंसिरको महिना छ । मंसिरमा सबैभन्दा धेरै विवाह हुन्छ । तर, पार्टी प्यालेस सञ्चालकहरुको अनुहारमा रौनक भने छैन् । पार्टी प्यालेसमा भोज दिने क्रम स्वाटै घटेको उनीहरु बताउँछन् । 

विगतमा पार्टी प्यालेसमा भोज गर्नलाई एक महिनाअगावै बुकिङ्ग गर्नुपर्थ्यो । अत्याधिक बुकिङ्गका कारण पार्टी प्यालेसहरुलाई धपेडी हुने गरेको थियो । कतिपयलाई त नभ्याएर टार्नुपर्ने अवस्था थियो । तर, अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । मंसिर महिनामा समेत पार्टी प्यालेसहरु चनमन्न छ । पार्टी प्यालेसको अवस्थाले नै देशको आर्थिक मन्दी छर्लङ्ग पारेको छ । 

यसअघि विवाहका लागि बुवाआमाले जग्गा बेच्थें । शेयर र गाडी बेचेर छोराछोरीको विवाह गर्दथें । अहिले यी क्षेत्रमा पूरै मन्दी छाएको छ । घरजग्गा कारोबार ठप्पझैं छ । यता, शेयर र गाडीको मूल्यमा पनि व्यापक गिरावट आएको छ । तैपनि यतिबेला सस्तोमा बेच्छुभन्दा पनि खरिदकर्ता भेट्न मुश्किल छ । घरमा विवाह गर्नुपर्ने छोराछोरी छन् तर बुवाआमासँग पैसा नभएको अवस्था छ । 
यता, सहकारीहरुले पहिलेपहिले पार्टी प्यालेसमै साधारण गर्थेंं । हजारौं सहकारीले साधारण सभा गर्दा पार्टी प्यालेसको राम्रो धन्दा चलेको थियो । यद्यपि, अहिले साधारण सभा गर्न सहकारी नै छैनन् । सहकारीहरु धमाधम भागिरहेका छन्, डुबिरहेका छन् । जसको मर्का पार्टी प्यालेसलाई पनि पर्यो । सहकारीबाट भइरहेको आम्दानी पार्टी प्यालेसहरुले गुमाउनुपर्यो । 

म्युजिक भिडियो सुटिङ्ग गर्नेहरुको पनि लोकप्रिय स्थल थियो, पार्टी प्यालेस । पार्टी प्यालेसमा ठाउँ ठूलो हुने भएकाले त्यही नाँचगान गरेर सुटिङ्ग गरिन्थ्यों । दोहोरी साँझहरुले पनि पार्टी प्यालेसमै कार्यक्रम गर्दथें । अहिले म्युजिक भिडियो बनाउने क्रम पहिलेभन्दा घटेको छ । जसको मर्कामा पार्टी प्यालेस परेको छ । विभिन्न संघसंस्था, राजनीतिक दलका कार्यक्रम पनि पार्टी प्यालेसमै आयोजना गरिन्थ्यों । 

पछिल्लो समय राजनीतिक दलहरुले निकै न्यून मात्र कार्यक्रम गरिराखेका छन् । त्योपनि पार्टी प्यालेसमा हुँदैन् । बाहिर साधारण रुपमा कार्यक्रम गरिन्छ । उद्योग व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवसायीलाई पनि आर्थिक मन्दीले छोएको देखिन्छ । उनीहरुले पनि आर्थिक मन्दीका कारण कार्यक्रम गर्न छाडे । केही समययता पार्टी प्यालेस खुल्ने क्रम ह्वात्तै बढेको छ । 

भव्य नाफा हुने भएकाले अधिकांशले पार्टी प्यालेसमा लगानी गरेका छन् । काठमाडौं उपत्यका होस् या बाहिरी जिल्ला, पार्टी प्यालेस सबैतिर खुलेका छन् । दुई–तीन घरको बीचमा पार्टी प्यालेस भेटिन्छ । पार्टी प्यालेस पछिल्लो समय किराना पसलझैं भएको छ । ६ आनादेखि तीन रोपनीसम्म जग्गामा पार्टी प्यालेस सञ्चालन भएका छन् । घना बस्ती र बाटाको छेउमा पार्टी प्यालेस छन् । 

पार्टी प्यालेसले खानाअनुसार प्लेटको १३ सयदेखि ३५ सय रुपैयाँसम्म लिँदै आएका थिए । तीन वर्षअघि पार्टी प्यालेसलाई भोज गरेर भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमै दुई तीन वटासम्म कार्यक्रम हुन्थें । जसका कारण पार्टी प्यालेस खोल्नेको लर्को लाग्यो । बैंकहरुले त्यही नाफा देखेर आँखा चिम्लेर पार्टी प्यालेसमा लगानी गर्यो । पार्टी प्यालेसमा क्यासको व्यापार हुन्छ । 

एउटै पार्टी प्यालेसले दिनको १० लाखसम्म करोडसम्म आम्दानी गर्दै आएका थिए । जसका कारण बैंकहरुको आँखा त्यतातिर गयो । अहिले पार्टी प्यालेस सञ्चालकहरुलाई बैंकको कर्जा कसरी तिर्ने ? भन्ने चिन्ताले पिरोलेको छ । उनीहरु पार्टी प्यालेस छोडेर भाग्नुपर्ने स्थितिमा पुगेका छन् । पार्टी प्यालेस सञ्चालकले ऋण तिर्न नसकेपछि बैंकहरुसँग पनि लिलामीबाहेकको विकल्प छैन् । 

तलब  दिन नसकेपछि पार्टी प्यालेस सञ्चालकहरुले कामदारहरुलाई धमाधम कामबाट निकालिरहेको छ । पार्टी प्यालेसले गर्दा धेरैले रोजगारी गुमाएका छन् । पार्टी प्यालेसमा भोज हुँदा भाडा माझ्नेदेखि लिएर कुकसम्मले जागिर पाएका थिए । मासिक १० हजारदेखि लिएर ३५ हजारसम्म तलब खाने थिए । हाल जागिर गएपछि उनीहरु पनि तनाव छन् । उनीहरु के गर्ने ? भनेर समस्यामा छन् । 

पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोज गर्न सहज भएपनि पैसाबाट निकै मँहगो थियो । सबैले खाएको शुल्कको रेट एउटै थियो । चाहे त्यो बच्चा होस् या बुढा । बच्चाले प्लेट समात्यो भनेपनि त्यही पैसा, बुढाले समात्यो भनेपनि त्यही पैसा । बच्चा र बुढाले कतिचाँहि खान्छन् र ? पार्टी प्यालेसका खानाको गुणस्तरलाई लिएर पटकपटक प्रश्न उठिसकेको छ । सरसफाइहीन र गुणस्तरहीन खाना पार्टी प्यालेसले बेच्दै आएको छ । 

पार्टी प्यालेसको खानाले बिरामी भएका घटनाहरु पनि सार्वजनिक भएका छन् । यी सबै विषयलाई साइडमा राखेर सर्वसाधारणले भोज गर्दै आएका थिए । तर, आर्थिक मन्दीले च्यापेपछि भोज गर्ने क्रम रोकिएको छ । एक समय फिल्म हल, गलैँचा, गार्मेन्ट पार्टी प्यालेसझैं खुलेको थियो । नचलेपछि विस्तारै बन्द भए । अहिले पार्टी प्यालेस पनि त्यही अवस्थामा छ । 

आम्दानी नभएपछि पार्टी प्यालेस बन्द गरेर हिँड्नुपर्ने अवस्था बनेको छ । बिहे गर्नेहरुले पनि साटुकसुटुक मन्दिरमा गरिरहेका छन् । अधिकांश कार्यक्रम घरमै गरिँदै छ । मँहगी बढेको छ । रोजगारी छैन् । त्यसैले पनि सर्वसाधारणले खर्च कटौती गर्न थालेका छन् । बैंकहरुले धितो राखेर कर्जा दिन्छ । ऋणीहरुले ऋण तिर्न सकेनन् भने धितो लिलाम गर्ने हो । कानुन पनि त्यही हो, व्यवहारमा पनि त्यही छ । 

बैंकहरुले धितो त लिलाम गर्ला तर कसलाई लगेर भिडाउने । घरजग्गा त्यत्तिकै छन्, अब पार्टी प्यालेस पनि । आर्थिक मन्दीले त बैंकलाई पनि रुवाएको छ । बैंकहरुले लिलामीमा राख्दा पनि किन्ने कोही छैनन् । बैंक तथा वित्तिय संस्थाले छिटो नाफा कमाउन खोजे । जसका कारण आँखा चिम्लेर लगानी गरियो । बैंकहरुले कर्जा दिने भएपछि व्यक्तिले धमाधम ऋण ल्याउँदै त्यही लगानी गरे । 
व्यापार व्यवसाय त डुबिहाले, बैंकलाई पनि सकस पर्यो । पहिले पहिले सम्पूर्ण कार्यक्रमहरु घरमै हुन्थ्यों । बिहे, ब्रतबन्ध, काजकिरिया पनि घरमै गरिन्थ्यो । पछिल्लो तीन दशकदेखि नेपालीको बानी बिग्रियो । हुनेखानेहरुले पार्टी प्यालेसबाट भोज लगाउथें । अरुमा पनि त्यसकै प्रभाव पर्यो । देखासिकीले गर्दा सबैले बिहे, ब्रतबन्ध पार्टी प्यालेसबाट गर्न थालें । जायजेथो बेच्ने, ऋण लिने अनि भोज दिने । 

आर्थिक मन्दीले सबैलाई पुरानै स्थितिमा पुर्याएको छ । बिहे, ब्रतबन्ध, मृत्यु अनिवार्य संस्कार हो । यसलाई नै व्यापार गरेर कमाउने माध्यम बनाए, पार्टी प्यालेस सञ्चालकहरुले । पार्टी प्यालेस सञ्चालकका कारणले नेपालीहरुको संस्कार नै संकटमा परिसकेको छ । संस्कार गर्नलाई लाखौं, करोडौं रुपैयाँ खर्च गर्नुपर्ने भन्ने छैन् । सामान्य रुपमा थोरै खर्च गरेर पनि संस्कार हुन्छ । 

अहिले त संस्कारमाथि देखासिकी हाबी भएको छ । देखासिकीका कारणले आर्थिक अवस्था  कमजोर भएकाहरुले संस्कार गर्नै नसक्ने अवस्था आयो । बाहुनहरु पनि निकै धर्माती थिए । अहिले त बाहुन पनि कमाउनतिर लागेका छन् । धर्म, कर्म सबैले बिर्सिए, सबै कमाउनतर्फ मात्र केन्द्रित छन् । विगतमा सबै जना घरमा भेला हुन्थें । मिलीजुली संस्कार गर्थें । रमाइलो हुन्थ्यों । 
पार्टी प्यालेसले गर्दा बेतिथि निम्तियो । नेपाली संस्कार पनि संकटमा पर्यो । ठगी र बेतिथि निम्त्याएको पार्टी प्यालेस आफैं टिक्न सकेन् । बन्द हुने अवस्थामा पुग्यो । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको