Like us!
Follow us!
Connect us!
Watch us!

थप बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १० : ३६ मा प्रकाशित

थप बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले आज यस अघिको प्रति तोला एक लाख १७ हजार तीन सयको अल टाइम हाई रेकर्ड टोडेको हो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको