Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज?

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, ०८ : १७ मा प्रकाशित

स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज?

स्वावलम्बन लघुवित्तले कम्पनीको २२ औं वार्षिक साधारणसभा डाकेको छ ।

मङ्सिर १२ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले पुस ४ गते काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ एन्ड इभेन्ट्समा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्तापुँजीको १२.३५९९ प्रतिशत हुन आउने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.६५०५ नगद लाभांश दिने पनि कम्पनीले घोषणा गरिसकेको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २१ सम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको