Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा शुरु भयो नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १४ : २१ मा प्रकाशित

भृकुटीमण्डपमा शुरु भयो नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ । बिहीबार सभामुख देवराज घिमिरेले नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको व्यापार मेला मङ्सिर १४ देखि मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ । यसपटक व्यापार मेलाको नारा "नेपाली वस्तु प्रबर्द्धन, समृद्ध नेपाल निर्माण" रहेको छ । मेलामा नेपालसँगै बङ्गलादेश, चीन, भारत र पाकिस्तानमा विभिन्न उत्पादनका स्टलहरु राखिएका छन् । मेलाको विशेष आकर्षणमा मेड इन नेपाल सो र फुटवेयर एक्स्पो रहेको आयोजकले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा मेलाको आयोजना गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको