Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज?

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १२ : ३९ मा प्रकाशित

निफ्राले डाक्यो साधारणसभा, लाभांश सुरक्षित गर्न कहिले छ बुकक्लोज?

नेपालले इन्फ्रास्ट्रक्चर बैंक निफ्राले बैंकको पाँचौं वार्षिक साधारणसभा डाकेको छ ।

मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको