Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सञ्चालक समितिमा सुमन पोखरेल नियुक्त, रत्नराज बज्राचार्यको स्थान लिने

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, ११ : २८ मा प्रकाशित

निफ्राको सञ्चालक समितिमा सुमन पोखरेल नियुक्त, रत्नराज बज्राचार्यको स्थान लिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा सुमन पोखरेल नियुक्त भएका छन्। ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (DCEO) रहेका पोखरेलले निफ्रामा संस्थाको प्रतिनिधित्व गर्दै सञ्चालकको जिम्मेवारी सम्हालेका हुन्।

निफ्राको सञ्चालक रत्नराज बज्राचार्यले केही समयअघि पदबाट राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिको बैठक वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको थियो। त्यसपछि पोखरेललाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरिएको हो।

निफ्राको सञ्चालक समितिमा हाल विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल अध्यक्षका रूपमा रहेका छन्। अन्य सदस्यहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका लालमणि जोशी, प्रवीण सुवेदी तथा स्वतन्त्र सञ्चालक महेश प्रसाद दाहाल रहेका छन्।

बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार पोखरेलको नियुक्तिपछि सञ्चालक समितिमा संस्थागत अनुभव थपिने विश्वास लिइएको छ। पोखरेलले बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका छन् र यसअघि पनि विभिन्न नेतृत्वदायी भूमिकामा रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको