Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आज साधारणसभा, नगद लाभांश र संचालक निर्वाचनको निर्णय हुँदै

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, ०७ : ५८ मा प्रकाशित

निफ्राको आज साधारणसभा, नगद लाभांश र संचालक निर्वाचनको निर्णय हुँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज मङ्सिर २३ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ। बैंकको सभा काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि सुरु हुने तय गरिएको छ।

आजको साधारणसभामा बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्तावसहित विविध महत्त्वपूर्ण विषयहरू पेश गर्दैछ। निफ्राले हाल कायम चुक्ता पुँजीका आधारमा करसहित ६.३१५८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव अघि सारेको हो। बैंकको हालको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले मङ्सिर १२ गते बुक क्लोज गरेको छ। यस अनुसार मङ्सिर ११ गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्तामात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

यसैगरी, आजको साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना संचालक चयन गर्ने निर्वाचन कार्यक्रम पनि रहेको छ। उक्त निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ। संचालक पदका प्रत्याशीमा मनिष थापा, लिमा अधिकारी आचार्य, प्रविण सुवेदी र पवन रिजाल क्षेत्री रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको