Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले ५ अर्बको ‘हरित ऊर्जा ऋणपत्र’ निष्कासन गर्दै, सर्वसाधारणका लागि जेठ १८ देखि आवेदन खुला

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, ११ : ५५ मा प्रकाशित

निफ्राले ५ अर्बको ‘हरित ऊर्जा ऋणपत्र’ निष्कासन गर्दै, सर्वसाधारणका लागि जेठ १८ देखि आवेदन खुला

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ नामक हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको छ। कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो, जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको भाग खुला गरिनेछ।

ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहनेछ। सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। सात वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर तोकिएको छ।

यस ऋणपत्रमा छिटोमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय असार १ गतेसम्म खुला रहनेछ।

निफ्राले संकलन हुने पूँजीलाई वातावरणमैत्री तथा दिगो विकास लक्षित परियोजनामा लगानी गरिने जनाएको छ। यस ऋणपत्रको बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

सर्वसाधारणले मेरोसेयर अनलाइन प्रणालीमार्फत वा आफू खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सक्नेछन्।

ऋणपत्रलाई इक्रा नेपालले BBB– (ट्रिपल बी माइनस) क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले निफ्रा मध्यमस्तरको दायित्व बहन क्षमतासहितको कम्पनी भएको संकेत गर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको