Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँडबारे न्यायाधीशको मत बाझियो

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १६ : २८ मा प्रकाशित

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँडबारे न्यायाधीशको मत बाझियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पुर्पक्षका लागि थुनामै वा धरौटीमा छाड्ने भन्ने बारेमा दुई न्यायाधीशको मत बाझिएको छ । 

उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा न्यायाधीश पाण्डेले खाँडलाई ३० लाख धरौटीमा रिहा गर्नुपर्ने राय राखेका थिए भने अर्का न्यायाधीश प्रकाश खरेलले खाँड अहिले नै निर्दोष भएको भन्ने मनासिब आधार नदेखिएको भन्दै काठमाडौँ जिल्ला अदालतले असार १ गते गरेको निर्णय फेरिरहन नपर्ने राय दिएका थिए ।

दुई न्यायाधीशको मत बाझिएपछि अब तेस्रो न्यायाधीशको मत लिइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको