Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाल र सन्दीप रायमाझीलाई धरौटीमा रिहा गर्न आदेश, टोपबहादुर रायमाझीसहित ८ थुनामै

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १६ : ४३ मा प्रकाशित

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाल र सन्दीप रायमाझीलाई धरौटीमा रिहा गर्न आदेश, टोपबहादुर रायमाझीसहित ८ थुनामै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजाल र सन्दीप रायमाझीलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको हुँदा अदालतले उनलाई छाड्न आदेश दिएको हो । यसैगरी सोही प्रकरणमा पक्राउ परेका भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । रिजालले इन्कारी बयान दिएको, वृद्ध अवस्था भएको तथा राज्य छाडी भाग्ने सम्भावना पनि नरहेको भन्दै थुनामा राखी राख्नुनपर्ने भन्दै रिहा गर्न आदेश दिएको हो ।

सोही प्रकरणमा पक्राउ परेका पूर्व मन्त्री टोप बहादुर रायमाझीसहित इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायत ८ जनालाई भने अदालतले पुर्पक्षका लागि थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गर्नेगरी आदेश दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको