Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा पर्यो मागभन्दा १.१६ गुणा बढी आवेदन

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १७ : १० मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा पर्यो मागभन्दा १.१६ गुणा बढी आवेदन

मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको आईपीओमा मागभन्दा १.१६ गुणा बढी आवेदन परेको छ ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा २८ हजार चार सय ७९ जनाले ३४ लाख ८२ हजार नौ सय कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपिओ मङ्सिर १८ गतेसम्म खुला रहने छ । यस आइपिओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको