Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणबाट अनुमति बिना नै हिमालयन रिको हकप्रद एजेन्डा, स्पष्टीकरण सोध्दै प्राधिकरण

अर्थ संसार

आइतबार, २८ माघ २०८०, १३ : ५१ मा प्रकाशित

बीमा प्राधिकरणबाट अनुमति बिना नै हिमालयन रिको हकप्रद एजेन्डा, स्पष्टीकरण सोध्दै प्राधिकरण

हिमालयन रिइन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट अनुमति नै नलिई हकप्रद जारी गर्ने एजेन्डा साधारणसभामा लैजान लागेपछि प्राधिकरणले कम्पनीलाई स्पष्टीकरण सोध्न तयारी गरेको छ ।

रिइन्स्योरेन्सले आज सार्वजनिक गरेको साधारणसभाको सूचनामा लाभांश पछि हकप्रद सेयर जारी गर्ने एजेन्डा पनि संलग्न गराएको थियो तर कम्पनीले त्यसबारे बीमा प्राधिकरणलाई जानकारी नै नदिएको पाइएको छ । प्राधिकरणले रिइन्स्योरेन्सको चुक्ता पुँजी बढाउने निर्णय केही समय अघि गरेको थियो भने पुँजी बढाउने योजना पेश गर्न पनि कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

हिमालयन रिइन्स्योरेन्सले हालको चुक्ता पुँजी १० अर्बको ४.२१ प्रतिशत लाभांश वितरण गर्ने तथा बोनस वितरणपछि हुन आउने चुक्ता पुँजी १० अर्ब ४० करोडको १०:८ अनुपात अर्थात प्रति १० सेयर ८ कित्ता सेयरले हुन आउने आठ अर्ब ३२ करोड बराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको