Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् मुख्य प्रस्तावहरू

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १० : ०८ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् मुख्य प्रस्तावहरू

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा आगामी जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेका लागि तय गरेको हो।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। सो लाभांशमध्ये ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाबाट गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्च तथा अन्य विविध खर्चसमेत पारित गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।

कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, जेठ ८ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको