हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (साउनद– चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
नाफा-नोक्सानको स्थिति र प्रतिसेयर आम्दानी
हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ४ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनी ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफामा रहेको थियो। नाफामा आएको यो ठूलो गिरावटसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) पनि ०.५४ रुपैयाँ ऋणात्मक बन्न पुगेको छ। जुन अघिल्लो वर्ष १२.६८ रुपैयाँ सकारात्मक रहेको थियो।
बिमाशुल्क आर्जन र व्यवसायिक संकुचन
समीक्षा अवधिमा कम्पनीको बिमाशुल्क आर्जनमा गिरावट आएको छ। चालू वर्षको पहिलो ९ महिनामा कम्पनीले ४ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको (४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ) तुलनामा ३.४० प्रतिशतले कम हो। त्यसैगरी । खुद बिमाशुल्क आर्जन पनि अघिल्लो वर्षको ४ अर्ब १८ करोड ९ लाख रुपैयाँबाट ३.३८ प्रतिशतले घटेर यस वर्ष ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ।
सेयर पुँजी र सञ्चिति कोषहरूको अवस्था
कम्पनीको हालको कुल सेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ भने सेयर प्रिमियम शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। जुन अघिल्लो वर्षको असार मसान्तकै बराबर हो। कम्पनीको स्पेसल रिजर्भ अघिल्लो वर्षको १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब १ करोड ९३ लाख रुपैयाँ र महाविपत्ति कोष १९ करोड ८० लाख रुपैयाँबाट बढेर २० करोड ३२ लाख रुपैयाँ पुगेको छ। यद्यपि, रिटेन्ड अर्निङ भने अघिल्लो वर्षको ८२ करोड ७६ लाख रुपैयाँबाट घटेर ६९ करोड १६ लाख रुपैयाँमा झरेको छ । अन्य इक्विटीको ऋणात्मक आकार १८ करोड ४८ लाख रुपैयाँबाट बढेर ५८ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
प्रतिसेयर नेटवर्थ
वित्तीय सूचकहरूमा उतारचढाव आए तापनि तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ भने १५०.१८ रुपैयाँ कायम रहेको छ।
नेपाल बिमा प्राधिकरणको कारबाही र व्यवसायमा रोक
सम्पत्ति शुद्धीकरण विभागको निर्देशन अनुसार नेपाल बिमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्समाथि विस्तृत अनुसन्धान अघि बढाएको थियो। सो अनुसन्धान सम्पन्न भएपछि प्राधिकरणले गत वैशाख २९ गते नियामकीय कारबाही गर्ने ठोस निर्णय गर्दै हिमालयन रिको पुनर्बीमा कारोबारमा आउँदो असार मसान्तसम्मका लागि पूर्ण रोक लगाएको छ । जसले कम्पनीको आगामी व्यावसायिक दिशामा चुनौती थपेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस