Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १२ : ५१ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत भएको छ ।

कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन अन्तर्गत लघुवित्तले १ करोड ७८ लाख ४५ हजार एक सय १८ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । सोही एफपिओको १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । एफपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।

एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको