Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन, अब ३९ प्रतिशत साधारण सेयर

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, १४ : ५५ मा प्रकाशित

मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन, अब ३९ प्रतिशत साधारण सेयर

मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन गरिएको छ । कम्पनीको अब ३८.९९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ६१.०१ प्रतिशत सेयर संस्थापक समूहको हुने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आज एक सूचना जारी गर्दै परिवर्तित धितोपत्रको संरचना अभिलेख गरिएको जनाएको हो । यस सँगै अब कुल ६६ लाख ५७ हजार ६ सय ४२ कित्ता सेयर मध्ये ४० लाख ६१ हजार ८ सय २७ कित्ता सेयर संस्थापक समूहको तथा २५ लाख ९५ हजार ८ सय १४ कित्ता सेयर सर्वसाधारण समूहको हुनेछ ।

यस अघि उक्त कम्पनीको सेयरको अनुपात संस्थापकसँग ७१ प्रतिशत र सर्वसाधारण समूहसँग २९ प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको