Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुङ्गा, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १६ : ३५ मा प्रकाशित

साइन रेसुङ्गा, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

साइन रेसुङ्गा विकास बैंक, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि साइन रेसुङ्गा विकास बैंकले दिएको १०.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ४४ लाख ९८ हजार ७७.३७ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि शिवम् सिमेन्टले दिएको १४.२५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ६२ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

यसैगरी आर्थिक वर्ष २०७९/८० का लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १४ लाख ९४ हजार ७६६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको