Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोको आइपिओ नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १३ : ०० मा प्रकाशित

चिरख्वा हाइड्रोको आइपिओ नेप्सेमा सूचीकृत

चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको प्रारम्भिक कारोबारका लागि १००.०१ रुपैयाँ देखि ३००.०३ रुपैयाँ रेञ्ज तोकेको छ ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र चिरख्वा हाइड्रोपावर लिमिटेडबीच एक सय अङ्कित मूल्यका ४० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १२ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख कित्ता गरी कुल ४० लाख कित्ता साधारण शेयर सूचीकरण गरिएको हो । अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीको सेयर CKHL संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको