Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको हकप्रद र मितेरी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १२ : २१ मा प्रकाशित

घलेम्दी हाइड्रोको हकप्रद र मितेरी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

घलेम्दी हाइड्रोको हकप्रद र मितेरी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मितेरी विकास बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ९ लाख ६४ हजार २५१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

यसैगरी घलेम्दी हाइड्रोले १:२ अनुपातमा जारी गरेको हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको