Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल बिक्री प्रकरण: प्रधामन्त्रीले भने क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन,अहिलेलाई यो प्रक्रिया रोकिन्छ

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, ०७ : १७ मा प्रकाशित

एनसेल बिक्री प्रकरण: प्रधामन्त्रीले भने क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन,अहिलेलाई यो प्रक्रिया रोकिन्छ

नेपालमा सञ्चालनमा रहेको एक टेलिकम्युनिकेसन्स सेवा एनसेलको बिक्री भएका विषयमा हालैमात्र आएको समाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थप अध्ययन गर्ने बताएका छन्  । 

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग = अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले=यसअघि आफूले नै सरकारको नेतृत्व गरेका बेला सो कम्पनीबाट ठूलो मात्रामा कर असुली गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले आएर किन्ने र बेच्नेको मात्र कुरा मिलेर नहुने र त्यसलाई सरकारले थप अध्ययन गर्ने प्रतिक्रिया दिए ।  

उनले भने, “सरकार अध्ययन नगरी अघि बढ्दैन । कम्पनीको करिब एक सय ३० अर्बजतिको सम्पत्तिलाई पाँच/छ अर्बमा बेच्न खोजिएको जस्तो सूचना हामीले पाएका छौँ । यहाँ क्रेता र बिक्रेताको मात्र कुरा मिलेर हुँदैन, त्यो सबै प्रक्रियामा सरकार र यसका सम्बद्ध निकाय पनि संलग्न हुनुपर्छ । अहिलेलाई म यत्ति नै भन्छु आजमात्र मुख्यसचिवसँग मैले यस विषयमा कुरा गरेको छु र अहिलेलाई यो प्रक्रिया रोकिन्छ र थप अध्ययन गरेरमात्र अघि बढिन्छ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको