Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलको ५७ अर्ब पुँजीगत लाभकरसम्बन्धि मुद्दा स्थगित

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १४ : ०१ मा प्रकाशित

एनसेलको ५७ अर्ब पुँजीगत लाभकरसम्बन्धि मुद्दा स्थगित

एनसेलको ५७ अर्ब पुँजीगत लाभकरसम्बन्धि मुद्दाको पेशी आज स्थगित भएको छ ।

ठूला करदाताको कार्यालयले निर्धारण गरेको ५७ अर्ब ९० करोड रुपैयाँ लाभकरविरुद्ध एनसेलले २०७७ पुस २६ गते मुद्दा दर्ता गरेको थियो । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाएर दायर मुद्दामा २०७७ माघ २५ गते कारण देखाउ आदेश जारी भएपनि त्यसपछि भने लगातार पेशी सर्दै आएको छ । आज पनि कुनै न्यायाधीशले उक्त मुद्दा सम्बन्धि गोला नथुतेपछि मुद्दाको अर्को पेशी फागुन १५ गतेलाई तोकिएको छ ।

मलेसियन कम्पनी आजियाटाले स्वीडिस कम्पनी टेलियासोनेरासँग एनसेलको करिब ८० प्रतिशत स्वामित्व खरिद गर्दा शुरु भएको लाभकरको विवाद आजियाटाले एनसेलको सेयर अर्को बेलायती कम्पनीलाई बिक्री गर्दासमेत सकिएको छैन । टेलियासोनेरा र आइयाटाबीछ भएको बिक्री सम्झौता अनुसार उक्त कारोबारमा उत्पन्न हुने लाभकर खरिदकर्ता कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम ठूला करदाताको कार्यालयले निर्धारण गरेको ५७ अर्ब ९० करोड रुपैयाँ लाभकर तिर्न आजियाटाले आनाकानी गरेको हो ।

यसै लाभकरलगायतको विवादलाई समेत कारण देखाउँदै आजियाटाले खरिद मूल्य भन्दा निकै कम मूल्यमा एनसेलमा रहेको आफ्नो स्वामित्व बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरि नेपालबाट बाहिरिएको घोषणा गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको