Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको हकप्रदमा लगानीकर्ताको न्यून आवेदन

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १७ : ५७ मा प्रकाशित

घलेम्दी हाइड्रोको हकप्रदमा लगानीकर्ताको न्यून आवेदन

घलेम्दी हाइड्रो कम्पनीले जारी गरेको दुई सय प्रतिशत हकप्रद सेयरमा अहिलेसम्म कुल आवेदनको १३.३२ प्रतिशत आवेदन परेको छ ।

कम्पनीले चुक्तापुँजीको दुई सय प्रतिशत अर्थात कम्पनीले १ : २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित १ करोड १० लाख कित्ता मध्ये हालसम्म १३ हजार एक सय चार जनाले १४ लाख ६५ हजार पाँच सय २४ कित्ताका लागि आवेदन दिएका छन् ।

यस हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले हकप्रदको पैसा सांग्रिला उर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत  हुने गरि सेयर हाल्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको