Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले सेयर खरिदबिक्री बारे दूरसञ्चार प्राधिकरणलाई जानकारी गरायो

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १२ : ५४ मा प्रकाशित

एनसेलले सेयर खरिदबिक्री बारे दूरसञ्चार प्राधिकरणलाई जानकारी गरायो

एनसेलले आफ्नो माउ कम्पनी आजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई आफ्नो सेयर स्वामित्व बिक्री गरेको बारे जानकारी गराउँदै नेपाल दूरसञ्चार प्राधिकरण पत्र लेखेको छ ।

मङ्सिर १९ गते मङ्गलबार जारी पत्रमा एनसेलले कम्पनीको सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजियाटा र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सम्झौता भएको जानकारी गराइएको छ । यसैगरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री ) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना गर्न सोही विनियमावलीको विनियम ५ मा उल्लिखित शेयर खरिद विक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु संकलनको क्रममा रहेको पनि एनसेलले जनाएको छ ।

दुई बुँदा समावेश पत्रमा दोस्रो बुँदामा उल्लिखित कागजातहरु संकलन भएपछि तत्काल सो कागजातहरु संकलन गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम प्राधिकरण समक्ष शेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेश गरिने उल्लेख गरिएको छ ।

यस अघि आजियाटाले एनसेलबाट बहिर्गमन बारे प्रस्ट्याउँदै नेपालको व्यापारिक वातावरण अनुकुल नरहेको जनाएको थियो । कम्पनीले असमान कर नीति र नियामकको अस्थीर रवैयालाई कारण देखाउँदै एनसेल सञ्चालन गरिरहन सम्भव नहुने पनि बताएको थियो ।

सन् २०१६ मा स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३७५ बिलियन अमेरिकी डलरमा कम्पनीको करिब ८० प्रतिशत स्वामित्व ग्रहण गरेको कम्पनीले सन् २०२३ को अन्तमा ५० मिलियन डलरमा आफ्नो सेयर बिक्री गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको