Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदायक खुला प्रतिस्पर्धाबाट छान्न नदिने निगमका कर्मचारीको अडान

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १४ : ४४ मा प्रकाशित

त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदायक खुला प्रतिस्पर्धाबाट छान्न नदिने निगमका कर्मचारीको अडान

त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदायक खुला प्रतिस्पर्धाबाट नछानी नेपाल वायुसेवा निगमलाई नै दिइनुपर्ने निगमका कर्मचारीले बताएका छन् । 

निगमको स्थापना कालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सेवालाई निगमले सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको निगमसम्बद्ध चार कर्मचारी संगठन र निगम व्यवस्थापनले जनाएको छ । ग्राउण्ड ह्याण्डलिङ्ग सेवा आइएटिएको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित भएकोले निगमले सोही अनुसार उपकरण र दक्ष जनशक्ति तयार गरेको उल्लेख गर्दै हाल अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम रहेको उनीहरुको भनाई छ ।

युरोपियन युनियनले कालो सूचीबाट नहटाएको विषय अनावश्यक रुपमा ग्राउन्ड ह्यान्डलिङ सेवासँग जोडिएको भन्दै निगमले उपकरणहरुमा गरिएको अर्वौ रुपैयाँ लगानीको सुनिश्चितता, व्यवसायिक दक्षता र अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षाको सुनिश्चितताको लागि निगमलाई नै सेवा प्रदायकका रुपमा छनोट गर्न कर्मचारीले माग गरेका हुन् ।

कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णयविरुद्ध चरणवद्ध आन्दोलन गर्ने बताएका छन् । निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अलवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ्ग गर्न अनुमति पाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको