Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १५ : २७ मा प्रकाशित

यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य

यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई दियो एक सय ५३ रनको लक्ष्य पेश गरेको छ ।

खेलमा टस हारेर ब्याटिङ गरेको नेपालको शुरूवात खराब रह्यो । टोलीले ४६ रन जोड्दा आधा ब्याट्सम्यान आउट भइसकेका थिए । त्यसपछि उत्तम मगरले दीपेश कँडेलसँग ६८ रनको साझेदारी गरेपछि टोलीले केही सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । नेपालका लागि मगरले सर्वाधिक ५१ रन बनाउँदा दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए । त्यसबाहेकका खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा नेपाली टोली ४७.२ ओभरमा अलआउट हुँदै एक सय ५२ रनमा सीमित हुनपुग्यो ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जीसनले ६ तथा अमिर हसनले दुई विकेट लिए । उवेद शाह र अलि अस्फन्दले एक-एक विकेट हात पारे । एक सय ५३ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले केही क्षणमा ब्याटिङ थाल्नेछ । आठ देश सहभागी प्रतियोगितामा चार-चार देशको दुई समूह बनाइएको छ । नेपालको समूहमा पाकिस्तानसहित भारत र अफगानिस्तान यु-१९ टोली रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको