नेपाली राष्ट्रिय क्रिकेट टिमले भोली देखि आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ ।
स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग भोलीदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।
लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ । अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ ।
हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन ।
अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालले इङल्याण्ड र स्कटल्याण्डमा अभ्यास खेल खेलेर कन्डिसनमा आफुलाई ढाल्ने प्रयास गरेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।
त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस