Like us!
Follow us!
Connect us!
Watch us!

इन्डिज क्रिकेटले घोषणा गर्यो नेपाल भ्रमण गर्ने 'ए' टोली

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १२ : ५५ मा प्रकाशित

इन्डिज क्रिकेटले घोषणा गर्यो नेपाल भ्रमण गर्ने 'ए' टोली

वेस्टइन्डिज क्रिकेटले नेपाल भ्रमण गर्ने 'ए' टोलीको घोषणा गरेको छ ।

रोस्टन चेसको कप्तानी रहेको १५ सदस्यीय टोलीमा राष्ट्रिय टिमबाट खेल्ने प्रमुख खेलाडीसमेत समावेश गरिएका छन् । टोलीका अन्य खेलाडीमा उपकप्तान एलिक अथानेज, फाबिएन एलेन, कादिम एल्लेन, होसुवा विसप, केसी कार्टी, जोन्सन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्ड, ओबेड म्याक्कोए, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडेन वाल्स रहेका छन् ।

अप्रिल २७ देखि मे ४ सम्म खेलिने उक्त सिरिजका सबै खेलहरु मध्यान्ह एक बजे शुरु हुने पनि जनाइएको छ । नेपाली टोली वेस्टइन्डिज टिमसँग हालसम्म एक खेल मात्र खेलेको छ । २०२३ को विश्वकप क्वालिफायरअन्तर्गत जिम्बाबेको हरारेमा भएको उक्त खेलमा नेपाल १०१ रनको विशाल अन्तरले पराजित भएको थियो । 

टिट्वान्टी विश्वकपको तयारी गरिरहेको नेपाली टोलीले दुई महिनाको अन्तरालमा दोस्रो टेस्ट राष्ट्रको ए टोलीसँग सिरिज खेल्ने भएको छ । नेपालले यस अघि आयरल्यान्डको 'ए' टोलीलाई सहजै पराजित गरेको थियो । आयरल्यान्डको तुलनामा वेस्टइन्डिजको 'ए' टोली निकै अनुभवी र बलियो टोली देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको