Like us!
Follow us!
Connect us!
Watch us!

यु-१९ एसिया कपमा नेपाल पराजित, पाकिस्तान सात विकेटले विजयी

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १७ : २६ मा प्रकाशित

यु-१९ एसिया कपमा नेपाल पराजित, पाकिस्तान सात विकेटले विजयी

यु-१९ एसिया कपमा नेपाललाई पाकिस्तानले सात विकेटले हराएको छ ।

खेलमा टस हारेर ब्याटिङ गरेको नेपालको शुरूवात खराब रह्यो । टोलीले ४६ रन जोड्दा आधा ब्याट्सम्यान आउट भइसकेका थिए । त्यसपछि उत्तम मगरले दीपेश कँडेलसँग ६८ रनको साझेदारी गरेपछि टोलीले केही सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । नेपालका लागि मगरले सर्वाधिक ५१ रन बनाउँदा दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाए । त्यसबाहेकका खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा नेपाली टोली ४७.२ ओभरमा अलआउट हुँदै एक सय ५२ रनमा सीमित हुनपुग्यो ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद जीसनले ६ तथा अमिर हसनले दुई विकेट लिए । उवेद शाह र अलि अस्फन्दले एक-एक विकेट हात पारे । प्रतिउत्तरमा एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६.२ मा तीम विकेट गुमाउँदै पूरा गर्‍यो। पाकिस्तानका लागि अजन अवाइसले अविजित ५६ रन बनाए भने कप्तान साद बागले पनि ५० रनको अर्धशकीय पारी खेले । नेपालका गुल्सन झाले दुई विकेट लिए ।

आठ देश सहभागी प्रतियोगितामा चार-चार देशको दुई समूह बनाइएको छ । नेपालको समूहमा पाकिस्तानसहित भारत र अफगानिस्तान यु-१९ टोली रहेका छन् । समूहको दोस्रो खेलमा नेपाल अब अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको