Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ०७ : ५३ मा प्रकाशित

एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआइसी एसिया लघुवित्तले कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले व २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि साधारणसभा मार्फत स्वीकृत गरिने जनाइ सकेको छ। 

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर २५ देखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । अर्थात आज मङ्सिर २४ गते सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

लघुवित्तको मङ्सिर ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुस ६ गते सुनसरीको चतरा लाइनस्थित गोर्ख होटलमा बस्ने गरि छैटौं साधारणसभाको मिति तय गरेको छ  । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको