Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्त अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

अर्थ संसार

आइतबार, १० चैत्र २०८१, ०८ : ५२ मा प्रकाशित

एनआईसी एशिया लघुवित्त अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया शाखाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम तथा र्याली आयोजना गरेको छ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा शाखाका कर्मचारीहरू तथा लघुवित्तका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

वित्तीय साक्षरता अभियानअन्तर्गत सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत, लगानी, बीमा तथा बैंकिङ्ग सेवाबारे जानकारी दिइएको थियो। साथै, र्यालीमार्फत समुदायमा वित्तीय सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था नियमित रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको