Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक,पुस १ देखि ब्याजदर घट्ने

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ०८ : २१ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक,पुस १ देखि ब्याजदर घट्ने

एनआईसी एशिया बैंकले पुस १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको  विभिन्न खाताको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको पुस महिनाको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । 

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकको सूचना अनुसार कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम लाग्नेछ । 

बैंकले फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको बैंकको सूचनामा उल्लेख छ। 

65752423234eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको