Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको दुर्लभ दिन: पोजिटिभ सर्किट ब्रेक लाग्नुका मुख्य ४ कारण

लोकेन्द्र ढकाल

आइतबार, २४ मंसिर २०८०, १८ : ४६ मा प्रकाशित

नेप्सेको दुर्लभ दिन: पोजिटिभ सर्किट ब्रेक लाग्नुका मुख्य ४ कारण

मंसिर २४ गते आईतबार नेप्से इन्डेक्समा पोजिटिभ सर्किट ब्रेक लाग्यो । १२ बजेर ९ मिनेट मै नेप्से इन्डेक्स ६ प्रतिशतले बढेपछि आईतबारको कारोबार बीचैमा बन्द भएको हो । ११ बजेपछि खुलेको नेप्से इन्डेक्स ५ मिनेट मै ४ प्रतिशतले बढेको थियो । त्यसपछि २० मिनेट हल्ट भयो । ११ बजेर २५ मिनेटमा खुलेको बजार २ मिनेट मै ५ प्रतिशतले बढ्यो र पुन: ४० मिनेटको लागि हल्ट भयो ।

हल्ट पश्चात तेस्रो पटक १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेट चल्यो र फेरि बन्द भयो, जतिबेला नेप्से इन्डेक्समा ६ प्रतिशतको सर्किट ब्रेक लागिसकेको थियो । नियमत एक दिनमा नेप्से इन्डेक्समा ६ प्रतिशतको वृद्धि भए तत्काल कारोबार बीचैमा बन्द हुन्छ । आईतबार कारोबार शुरू भएको एक घण्टा ९ मिनेटमै ६ प्रतिशतले नेप्से इन्डेक्स वृद्धि भएपछि निर्धारित ३ बजे अघि नै कारोबार बन्द भएको हो । आईतबार जम्मा जम्मी केबल ९ मिनेटको मात्र सेयर कारोबार भो।  नेप्सेमा यस्तो दृश्य दुर्लभ मानिन्छ । सेयर लगानीकर्ताले आईतबार नेप्सेमा सर्किट ब्रेक लाग्नुको पछाडि मुख्य ४ कारण रहेको बताउँछन् :

१. राष्ट्र बैंकको लचिलो नीति :

२२ गते शुक्रबार नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्यो । उक्त समीक्षामा सेयर धितो कर्जाको जोखिम भार ५० लाख माथिलाई एक सय ५० बाट घटाएर एक सय २५ प्रतिशतमा झार्यो । यसले बजारमा सकारात्मक प्रभाव परेको बताउँछिन् सेयर लगानीकर्ता तुलसा घिमिरे । नेपालको बजार राष्ट्र बैंकको संकुचन तथा नियन्त्रणकारी पोलिसिले दबिएको बजार हो, मौद्रिक समीक्षा मार्फत राष्ट्र बैंकले पोलिसिमा केही खुकोलोपन ल्यायो, जसको फलस्वरुप आईतबार नेप्सेमा सर्किट ब्रेक लागेको घिमिरेले बताईन् । जोखिम भार घट्दा बैंकहरुले सेयरमा बढी लगानी गर्न सक्ने र लगानीकर्ताले पनि केही सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाउने हुँदा बजारले सकारात्मक प्रतिक्रिया जनाएको उनको तर्क छ ।

२.घट्दो ब्याजदर :

राष्ट्र बैंकले मौद्रिक समीक्षा मार्फत बैंक दर, नीतिगत दरलाई घटायो । यसले पुस महिनाको ब्याजदर घट्ने बताउँछन् पूर्व बैंकर क्षितिज पौडेल । उनले भने, यसले बैंकको लागत घटाउँछ र ब्याजदर घट्न सहयोग पुर्याउँछ । आजै एनआइसी एसिया बैंक र कुमारी बैंकले पुस महिनाको ब्याजदर घटाएर सूचना प्रकाशित गराएका छन् । सेयर लगानीकर्तामा यसले सकारात्मक सञ्चार प्रभाव भएको छ भन्छन् लगानीकर्ता अनिश भण्डारी । पुस महिनामा कम्तीमा एक प्रतिशत बैंक वित्तिय संस्थाको ब्याजदर घट्ने भण्डारीले बताउँछन् ।

३.आईपीओको सप्लाई रोकिनु :

अहिले नेपाल धितोपत्र बोर्डले आइपीओ तथा हकप्रद अनुमतिलाई रोकेको छ । बजारमा आइपीओ, हकप्रदका कारण सप्लाई हावी हुँदा माग सृजना हुन नसकेको भन्दै चौतर्फी दबाव परेपछि अहिलेलाई धितोपत्र बोर्डले अनुमति रोकेको हो। बजारका जानकार कृष्ण दवाडी भन्छन्, बजार तल्लो बिन्दुमा थियो, आइपीओ, हकप्रद रोकिएपछि सप्लाई थिएन, त्यसमा राष्ट्र बैंकको सकारात्मक न्यूज आयो र बजारले आजको रियाक्सन जनाएको बताउँछन् । यदि धितोपत्र बोर्डले पहिल्यै आइपीओ, हकप्रद कन्ट्रोल गरेको भए बजार २ हजार  तल झर्दैन थियो, उनले भने । नेप्सेमा स्थापनाकाल देखि अहिले सम्म २ सय कम्पनि पनि छैनन्, धितोपत्र बोर्डले एकै वर्षमै ६० भन्दा बढी जस्तोसुकै कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिँदा नेपालको सेयर बजार धरासायी भएको उनले बताए । यदि अब ३ महिनासम्म आइपीओ अनुमति रोकिने हो भने बजार २२ सय माथि नै बस्छ, दवाडीले भने ।

४.बहाना खोज्दै थियो बजार :

अहिले अमेरिका, युरोप, भारत, पाकिस्तान जतासुकै सेयर बजार बुम बुम छ, उत्कर्षमा छ । तर नेपालको बजार पिँधमा थियो । पटक पटक नेप्से इन्डेक्सले १८ सयलाई टेवा लिइरहेको थियो । अर्थतन्त्रका सूचक बलियो हुँदै जाँदा पनि बजार झरिरहेको थियो । ब्याजदर पनि घट्दो ट्रेण्डमै थियो । लगानीकर्ता १८ सय लाई ब्रेक नगर्नेमा करिब करिब निश्चिन्त जस्तै थिए । त्यसैले बजार बढ्न बहाना खोजिरहेको थियो भन्छन् लगानीकर्ता गणेश अधिकारी । अमेरिका, युरोपमा पानि पर्दा छाता किनेर घर राख्ने र भारतमा छिट्याउँदा बोकेर हिड्ने हाम्रो देश नेपालमा विश्वभरि बढिरहेको सेयर बजारको प्रभाव नपर्ने कुरै  थिएन र त्यसलाई निहुँ चाहिएको थियो । जुन लचिलो मौद्रिक समीक्षा र घट्दो ब्याजदर जस्ता गुड न्युजले आईतबारको बजारले सर्किट ब्रेक गरेर बताउँछन् अनुभवि लगानीकर्ता अधिकारी । उनले भने, यसपटकको बजारले २२ सयको मनोवैज्ञानिक अवरोध भत्काउनेमा म आशाबादी छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको