Like us!
Follow us!
Connect us!
Watch us!

लकइन पिरियड खुल्नु एक महिना अघि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १४ : १२ मा प्रकाशित

लकइन पिरियड खुल्नु एक महिना अघि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने

नेप्सेमा सूचीकृत कम्पनीले लकइन पिरियड खुल्नु एक महिनापूर्व नै सार्वजनिक सूचनामार्फत लगानीकर्तालाई जानकारी गराउनुपर्ने नियम लागू भएको छ ।

नेपाल धितोपत्र बोर्डले लक इन पिरियड समाप्त हुन लागेका कम्पनीहरुले ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको हो । जुन सुकै वर्गको लकइन समय समाप्त भएको बारे सूचना कम्पनीले आफ्नो वेबसाईटमा राख्नुका साथै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पनि जानकारी गराउनु पर्ने बोर्डले जनाएको छ ।

हाल योजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरिएको सेयर, प्रमोटर सेयर लगायत सेयरहरु तीन वर्षसम्म लकइन हुने व्यवस्था छ । प्रमोटरमध्ये पनि कम्पनी सञ्चालकको सेयर सञ्चालकबाट हटेको एक वर्षसम्म बेच्न पाइदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको