Like us!
Follow us!
Connect us!
Watch us!

दुग्धजन्य पदार्थ रिलेबलिङ गरि बेच्ने डेरीलाई तीन लाख जरिवाना

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १३ : ३३ मा प्रकाशित

दुग्धजन्य पदार्थ रिलेबलिङ गरि बेच्ने डेरीलाई तीन लाख जरिवाना

दुग्धजन्य पदार्थ रिलेबलिङ गरि बेच्ने भक्तपुरको एक डेरीलाई तीन लाख जरिवाना तिराइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार उक्त डेरीलाई उत्पादित वस्तुको गुणस्तर, परिणाम, मूल्य र नापतौलमा हेरफेर गरेको आरोपमा जरिवाना तिराएको हो । अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्नेमा लेबलिङमा हेरफेर गरि ग्राहकलाई ठगी गर्न लागेको भन्दै जरिवाना तिराइएको हो ।

सोमबारको अनुगमनमा खरिद बिल बिजक नराखेको आरोपमा बल्खुको अर्को एक तरकारी पसललाई १० हजार जरिवाना तिराइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको