Like us!
Follow us!
Connect us!
Watch us!

होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो ६ लाख जरिवाना

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १७ : १० मा प्रकाशित

होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो ६ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । 

चाडबाड लक्षित अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरेको विभागले जानकारी दिएको छ । 

एभरेस्ट होटलको अनुगमनका गर्दा किचनमा म्याद गुज्रेका सामान फेला परेको र ब बरमहलमा रहेको बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो ।

उपभोक्ताको हितविपरीत व्यवसाय गरिरहेको भेटिएपछि दुवै होटललाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको