Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, ०९ : १९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन्। 

बैंकको मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १४ गते सुनसरीस्थित सुनसरी उद्योग वाणिज्य संघमा बस्ने गरि बैंकको आफ्नो १८ औं वार्षिक साधारणसभाको मिति तय गरेको थियो।  कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने ९ करोड ६४ लाख २५ हजार एक सय ३६ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.५ प्रतिशतले हुन आउने ५० लाख ७५ हजार सात रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको