Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १० : २० मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि  लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको हो। निर्णयअनुसार बैंकले हालको १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजीको १० प्रतिशतका दरले हुन आउने १२ करोड १७ लाख १० हजार नगद लाभांश वितरण गर्नेछ । 

बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी २० औं वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित गरी सेयरधनीहरूलाई लाभांश वितरण गरिने जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको