Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १० : ०५ मा प्रकाशित

प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने

प्रभु महालक्ष्मी इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजी पुर्याउन ७० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद निष्कासनको लागि प्राधिकरणसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको