Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरलाई तत्काल सेयर धितो कर्जाको सीमा हटाउनु भनेको छु : अर्थमन्त्री महत

लोकेन्द्र ढकाल

सोमबार, ०२ पुस २०८०, १९ : १० मा प्रकाशित

गभर्नरलाई तत्काल सेयर धितो कर्जाको सीमा हटाउनु भनेको छु : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा पुरै हटाउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारलाई भनेको बताएका छन् । अर्थ संसारसँगको कुराकानीमा अर्थमन्त्री महतले भने,'अब सेयर धितो कर्जाको सीमा खारेज नै गर्नुपर्छ, तत्कालै हटाई दिनुपर्छ ।' सीमा नराख्दा सेयर बजारमा उत्पात नै भएछ भने अन्य टुल्स चलाएर नियन्त्रण गरौला, अहिलेलाई सीमा नराखौं, एक पटक हेरौं, गभर्नरलाई त्यही भनेको छु, उनले भने । 

अर्थमन्त्री महतले भने,'मौद्रिक समीक्षाको अघिल्लो दिनपनि सीमा नराखौं भनेर भनेको थिए, उहाँले जोखिम भार मात्र घटाउनु भएछ, राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा बिस्तारै खुकुलो पार्दै जान्छु भन्नु भएको छ भन्ने सुनेको छु, अब सीमा खारेजै गरेर एकपटक हेरौं भन्ने मेरो बुझाइ हो ।' 

अर्थमन्त्री र गभर्नर बीच बारम्बार किन समन्वय नभएको भन्ने जिज्ञासामा अर्थमन्त्री महतले भने, 'समन्वय छ, अर्थतन्त्र चलायमान गराउन बजारको मागलाई सम्बोधन गरौं भन्ने हो, मलाई विश्वास छ उहाँले छिट्टै थप मौद्रिक नीतिमा लचिलो निर्णय लिनुहुन्छ ।' अर्थमन्त्री महतले अर्थतन्त्रमा धेरै सुधार आइसकेको दाबी गर्दै भने ब्याजदर अझै घट्छ, बैंकमा जम्मा भएको पैसाको माग अब दिनानुदिन बढ्दैं जान्छ ।' 

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउन अर्थ मन्त्रालयलाई गरेको प्रस्तावमा निर्णय किन नभएको भन्ने अर्को जिज्ञासामा अर्थमन्त्री महल भन्छन्, 'त्यो प्रक्रियामा छ, ब्रोकरले पनि आफ्ना कुराहरु राखेका छन्, आवश्यक छलफल गरेर अघि बढ्छ ।'

उद्योगी, व्यवसायीहरुले अर्थतन्त्र सुस्त हुनुमा अर्थमन्त्रीले बजेट मै जथाभावी कर लगाएको भन्ने गुनासो/आरोप छ नि भन्ने प्रश्नमा अर्थमन्त्री महतले भने, 'बजेट निर्माण ताका म भर्खरै अर्थमन्त्री नियुक्त भए, केही हतारो पनि भएकै हो, तरपनि उत्कृट बजेट मैले ल्याउन सके, यझपि केही गुनासा आएका छन्, आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि मैले अहिले बाटै सुझाब, छलफल, अध्ययन सुरु गरेको छु, समस्या रहेका ठाउँमा सम्बोधन गर्छु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको