Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो ४ महिनामा नबिलको सबैभन्दा धेरै खुद नाफा, कृषि विकास घाटा मै, अरु बैंकको अवस्था के छ ?

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, ०७ : २२ मा प्रकाशित

पहिलो ४ महिनामा नबिलको सबैभन्दा धेरै खुद नाफा, कृषि विकास घाटा मै, अरु बैंकको अवस्था के छ ?

चालु आर्थिक वर्षको पहिलो ४ महिनाको वाणिज्य बैंकले २१ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

पहिलो चार महिनामा बैंकहरुमा सर्वाधिक नबिल बैंकले २ अर्ब १६ करोड खुद नाफा कमाएको देखिन्छ। दोस्रो धेरै कमाउनेमा  ग्लोबल आईएमई बैंकले १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड, प्राइम बैंकले १ अर्ब ५३ करोड र हिमालयन बैंकले एक अर्ब ५० करोड खुद नाफा कमाएका छन् ।

तेस्तै एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड ,नेपाल बैंकले ६६ करोड ८१ लाख, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २० करोड रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ड बैंकले ९८ करोड र नेपाल एसबिआई बैंकले ६० करोड र एभरेष्ट बैंकले एक अर्ब ८ करोड, रुपैयाँ नाफा आर्जन गरेका छन् ।

तेस्तै एनएमबि बैंकले एक अर्ब २३ करोड रुपैयाँ ,माछापुच्छ्रे बैंकले ६७ करोड, कुमारी बैंकले ८८ करोड, लक्ष्मी सनराइज बैंकले ५१ करोड, सिटिजन्स बैंकले ५८ करोड  नाफा कमाएका छन् । त्यस्तै, प्रभु बैंकले एक अर्ब ५ करोेड रुपैयाँ र सानिमा बैंकले ७७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बैंकहरुमा सबैभन्दा कम कमाउने भने  सिद्धार्थ बैंक देखिएको छ। बैंकले ले ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्तै यस अवधिमा कृषि विकास बैंक भने घाटामा रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमै छ । 

6580f56674451.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको