Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद निष्कासन विशेष प्रस्ताव

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १२ : २९ मा प्रकाशित

सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, शतप्रतिशत हकप्रद निष्कासन विशेष प्रस्ताव

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंको चण्डोल स्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभामा हालको चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँको शतप्रतिशत बराबरको हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश गरिने जनाइएको छ । साधारणसभा प्रयोजनार्थ पुस १२ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको