Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल प्रकरणमा रवि लामिछानेको प्रश्न : अर्बौ नाफा कमाउने कम्पनीको सेयर खरिदबिक्री हुँदा कर तिर्न पर्दैन ?

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, १४ : १५ मा प्रकाशित

एनसेल प्रकरणमा रवि लामिछानेको प्रश्न : अर्बौ नाफा कमाउने कम्पनीको सेयर खरिदबिक्री हुँदा कर तिर्न पर्दैन ?

एनसेल खरिद प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अर्बौ नाफा कमाउने कम्पनीको सेयर खरिदबिक्री हुँदा कर तिर्न पर्दैन भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रम दाहालले एनसेल प्रकरणमा सांसदहरुको प्रश्नको उत्तर दिने कार्यक्रममा लामिछानेले नेपाल दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्र भित्र रहेको उक्त विषय छानबिन गर्न सरकारले किन समिति गठन गरेको भनेर सोधेका थिए । यसैगरी उनले एनसेल बिक्रीको मुद्दा प्रधानमन्त्रीलाई ड्र्याग गर्नुको कारण के हो भनेर समेत प्रश्न गरेका थिए ।

उनले अर्बौं नाफा कमाउने एनसेल खरिद बिक्री हुँदा कर तिर्नुपर्छ भन्ने सामान्य विषय भएको भन्दै विदेशी लगानीको कम्पनी २५ वर्षपछि सरकारको मातहतमा आउने व्यवस्थामा भएको लुपहोल पनि प्रष्ट्याएका थिए । लामिछानेले उक्त लुपहोल उल्लेख एक हप्ता बाँकी हुँदासम्म स्वामित्व हस्तान्तरण गर्न पाउने व्यवस्था संशोधन गर्न तयार हो कि होइन भनेर पनि प्रश्न गरेका थिए ।

यसैगरी सरकारले टंकमणि शर्मा अध्यक्ष राखी छानबिन समिति गठन गर्नु नै बेठीक भएको पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको