Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, ०९ : २८ मा प्रकाशित

मिथिला लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड साधारण सभा डाकेको छ। 

कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारण सभा पुस २८ गते, न्यू पौवा होटल एण्ड गेष्ट हाउस, मिथिला नगरपालिकामा  बिहान ११ बजे बोलाएको छ। 

सभामा अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेस हुनेछन। 

कम्पनी साधारण सभा प्रयोजनार्थ भन्दै पुस १६ गते सोमबार एक दिनका लागि बुकक्लोज तय गरेको छ। अर्थात पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस लघुवित्तको साधारण सभामा भाग लिन पाउनेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको